Categories समाचार

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका मध्ये एकको मृत्यु

Advertisement

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा कार्यरत थिए ।

Advertisement

पाइलट सुरेन्द्र पौडेलसहित तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनामा भोटे र विक्रम हाम्फालेर ज्यान जोगाएका थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

Advertisement

हेलिकप्टर अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो। हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *