Categories समाचार

भिआइपीलाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू

Advertisement

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शर्णाथी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका भिआइपीलाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ ।

ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारका उच्च पदस्थ अधिकारीतर्फ पनि सोझिएपछि उनीहरूलाई बचाउन शीर्ष तहका नेताहरूले मोलमोलाइ गर्न थालेका हुन् ।

Advertisement

शक्ति केन्द्रदेखि लिएर सत्ता र प्रतिपक्षीबीच मोलमोलाइ सुरू भएको स्रोत बताउँछ ।

Advertisement

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी गरिरहेको गिरोहका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अहिलेसम्मको अनुसन्धानले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ ।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *