वीरगन्ज । वीरगन्ज महानगरपालिकाले प्रदुषण फैलाएको भन्दै एकजनालाई मोटो रकम जरिवाना गरेको छ ।
पछिल्ला दिनहरूमा सरसफाइमा विशेष ध्यान दिएको महानगरले महानगर भित्र जथाभावी फोहर गर्नेहरुलाई जरिवाना गर्दै आएको छ ।
राङ्गा, भैसीको हड्डि खसाई प्रदुषण फैलाएको भन्दै वीरगन्ज महानगरपालिकाले बाइपास स्थित शिवपुजन चौरसियालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको सरसफाइका सर्फुदिन मिँयाले जानकारी गराए ।
महानगरको निर्देशनको अवज्ञा गर्दै जथाभावी फोहर फाल्ने, फोहर गर्नेहरु लाई जरिवाना गरि लगभग ९ लाख रुपैयाँ संकलन गरिएको समेत मियाँले बताए ।







