वीरगन्ज । राजेन्द्र सिंह राजपुतको नेतृत्वमा ११ सदस्यीय स्वास्थ्य पत्रकार समूह पर्साको सर्वसम्मतिले चयन गरिएको छ ।
स्वास्थ्य पत्रकारिता समूह पर्साको प्रथम साधारणसभा तथा अधिवेशन वीरगन्जको होटल कुमुपैलेसको सभाहलमा आज भएको बन्द सत्रले अध्यक्षमा राजेन्द्र सिंह राजपुत, उपाध्यक्षमा लालबाबु सिंह , सचिवमा संजय गुप्ता, कोषाध्यक्षमा आनन्द पटेल, सदस्यहरुमा बलिराम यादव, शैलेश गुप्ता, दिनेश मिश्र, शिवशंकर सराफ( राजकुमार) संजय दास थारु,आरजु देवकोटा ,जितेश दास को सर्वसम्मतले चयन गरेको छ ।
त्यस्तै सो बन्द सत्र भन्दा पहिले आज बिहान भएको समुदघाटन सत्रको प्रमुख अतिथी नेपाल पत्रकार महासंघका पुर्व मध्यमाञ्चल संयोजक महेश दासले समुदघाटन गरेका थिए ।
सो बन्द सत्रले वरिष्ठ पत्रकार अनिता कुवर , मनोज मिश्रा, आर सि यादव, सन्चारकर्मी एवं अधिवक्ता चन्दृका पटेल, सामाजिक अभियन्ता कन्हैयालाल कुर्मी लाई सल्लाहकारमा चयन गरेको छ ।







