Categories Uncategorized

वीरगन्जमा सुनचाँदी व्यवसायी महासंघद्वारा सोनार जातिका जनप्रतिनिधी र पत्रकार सम्मानित

Advertisement

वीरगन्ज । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोनार जातीबाट निर्वाचित पर्साका जनप्रतिनिधी र सन्चारकर्मी (पत्रकार)हरुलाई सम्मानित गरेको छ ।
महासंघको मधेस प्रदेश समितिले दोश्रो वार्षिक साधरणसभाको अवसरमा वीरगन्जमा शनिबार एक कार्यक्रम गरेर पर्सामा निर्वाचित जनप्रतिनिधी र सन्चारकर्मीहरुलाई सम्मानित गरेको हो ।

कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष शीव कुमार सर्राफले जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय कुमार सर्राफलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरे । त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को वडा सदस्यमा निर्वाचित इन्दुदेवी सर्राफ र दिपेन्द्र सर्राफलाई पनि कदरपत्रले सम्मानित गरिएको थियो ।

Advertisement

सन्चारकर्मीहरुमा यात्रा डेली अनलाइन पत्रिकाका प्रबन्धक राम कुमार सर्राफ , राष्ट्रिय सहारा दैनीकका प्रबन्धक सन्जय कुमार साह, मधेसखबर अनलाइन पत्रिकाका अध्यक्ष क्रान्ति शाह र रातोपाना अनलाइन पत्रिकाका अध्यक्ष श्याम सर्राफलाई पनि महासंघका निवर्तमान अध्यक्ष सर्राफले कदरपत्र प्रदान गरि सम्मानित गरे ।

Advertisement

त्यस अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य निरज सर्राफ , जनता समाजवादी पार्टीका युवा नेता एंव नेपाल सोनार समाज पर्साका सदस्य शीवजी सोनी , समाजका जलेश्वर सर्राफ , हृदयनारायण सर्राफ , सामुदायिक प्रहरी सेवा केन्द्र मिना बजारका अध्यक्ष बासुदेव सहनी लगायतलाई पनि सम्मानित गरिएको थियो ।

महासंघका निवर्तमान अध्यक्ष शीव कुमार सर्राफको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका मधेस प्रदेश सहकोषाध्यक्ष कमलेश साह , सदस्य पूजादेवी सर्राफ , सोनार समाज पर्साका उपाध्यक्ष हृदयनारायण सर्राफ , पर्सा सुनचाँदी व्यवसायी संघका अमरनाथ सर्राफ , रामाशंकर सर्राफ लगायतको पनि सहभागिता थियो । कार्यक्रमको सहजिकरण सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशका सचिव प्रवेश सर्राफले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *