Rato Pana
समाचार

निष्क्रिय पत्रकारलाई सदस्यता त्यागको स्व–घोषणा लागि आह्वान गरेका छौँ : अध्यक्ष तिवारी

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साले निष्कृय पत्रकारहरुलाई साधारण सदस्यता त्यागको स्वघोषणा गर्न आग्रह गरेको छ ।

लामो समय देखि पत्रकारितामा नरहेका र फरक पेसामा रहेकाहरुलाई साधारण सदस्यता त्यागको स्वघोषणा गर्न महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले आग्रह गरेका छन् ।

यसअघि पत्रकारितामा रहेका र सो बेला साधारण सदस्यता लिएका तर अहिले पत्रकारितामा निष्कृय रहेका व्यक्तिहरुलाई सदस्यता आफैले त्यागेको घोषणा गर्न आग्रह गरिएको महासंघ पर्सा शाखा अध्यक्ष तिवारीले बताए ।

यसका लागि महासंघले सूचना जारी गरेको छ । आईतबार महासंघले जारी गरेको सूचनामा महासंघको केन्द्रिय समितिबाट जारी भएको ‘सदस्यता शुद्धीकरण मापदण्ड, २०७९’ अनुसार विगतका दिनमा पत्रकारितामा महत्वपूर्ण योगदान दिएका र हाल पत्रकारितामा क्रियाशिल नरहेका, शाखामा आबद्ध साधारण सदस्यहरुलाई स्वेच्छिक रुपमा साधारण सदस्यता त्यागको स्व–घोषणा लागि आह्वान गरिएको छ ।

हाल नेपाल पत्रकार महासंघ पर्सामा १ सय ४० जना साधारण सदस्य रहेका छन् । तर अधिकांश पत्रकारितामा सक्रिय छैनन् । यसअघिका वर्षहरुमा सदस्यता शुद्धिकरणका कुरा उठेपनि शुद्धिकरण हुन सकेको थिएन ।

यसपटक आफ्नै कार्यकालमा गैरपत्रकारको सदस्यतालाई खारेज गरेर विशुद्ध पत्रकारलाई मात्रै सदस्यता दिलाउने गरी काम भइरहेको महासंघ पर्साका सचिव भुषण यादवले बताए । साभार

सम्वन्धित समाचार

Leave a Comment