वीरगन्ज । नेपाल प्रेस युनियन पर्साको खुल्ला उपाध्यक्षमा क्रान्ति साह निर्विरोध निर्वाचित भएका छन् ।
साेमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साकाे १०ओैं अधिवेशन बाट साह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
अध्यक्ष पदका उम्मेदवारमा साह सहित बिजय चौहान र किशोर सिंहको नाम चर्चामा आएपनि साह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
अध्यक्ष पदका लागि नाम चर्चा भइरहदा उपाध्यक्ष किन रोजनुभएको भनेर गरिएको प्रश्नको जवाफ दिदै साहले समय आएपछि उत्तर दिने बताउदै युनियनले दिएको जिम्मेवारीप्रति खुसी व्यक्त गरे ।
पत्रकार साह अन्नपूर्ण पोस्टका पर्सा सम्वाददाता र मधेस खबर अनलाईनका अध्यक्षका रुपमा विगत कैयन वर्ष देखि सक्रिय छन् ।
प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मीकाे अध्यक्षतामा भएकाे समाराेहलाई प्रदेशसभा सदस्यद्वय जनार्दन सिंह क्षेत्री र श्याम पटेल, कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशाेक तिवारी, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मनाेज पटेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष दिपक गाैतम लगायतले पनि सम्बाेधन गरेका थिए ।






