Categories समाचार समाज

“एस.ई.ई. उत्तिर्ण गर्ने छात्राहरुलाई कम्पुटर वितरण” सांसद तथा नगरप्रमुखले गरे अध्यक्षको प्रसंशा

Advertisement

अमित अग्रवाल

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को आयोजनामा एसइइ परीक्षा उत्तीर्ण गर्ने छात्राहरुलाई कम्प्युटर सेट वितरण गरिएको छ ।

Advertisement

वडा नम्बर ३० का वडा अध्यक्ष मनोज कुमार यादवको सभापतित्वमा चालू आर्थिक वर्ष २०७९/८० को वडास्तरीय कार्यक्रम अन्तर्गत “एस.ई.ई. उत्तिर्ण गर्ने छात्राहरुलाई कम्पुटर सेट वितरण” गरिएको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री तथा संघिय सांसद प्रदिप यादव तथा विशिष्ट अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले पुर्व प्रदेश सांसद जनत अंसारी को बिशेष उपस्थित मा “एस.ई.ई. उत्तिर्ण गर्ने छात्राहरुलाई कम्पुटर सेट वितरण” गरेका हुन ।

सामुदायिक विद्यालयबाट गत वर्ष एस.ई.ई. उत्तीर्ण गर्ने वडा कि १६ जना छात्राहरुलाई आज एक कार्यक्रम गरि कम्प्युटर सेट वितरण गरिएको कार्यक्रममा सहभागी तथा कार्यक्रम सञ्चालक स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले जानकारी गराए ।

छात्राहरुले प्राप्त गरेको उपलब्धिको मूल्याङकन गर्दै आगामी दिनमा पनि पढाइलाई निरन्तरता दिन प्रोत्साहन तथा कम्प्युटर शिक्षामा पनि दक्ष बनाउने उद्देश्यका साथ उनीहरुलाई कम्प्युटर वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद यादवले परोपकारी तथा निकै महत्वपूर्ण कार्यक्रम ल्याएको भन्दै वडा अध्यक्ष यादवको प्रसंशा गर्दै अन्य वडाका प्रतिनिधिहरूले पनि उहाँबाट सिक्न सुझाव दिए ।

मन्तव्य राख्दै नगरप्रमुख सिंहले स्वास्थ्य र शिक्षा प्रति वडा अध्यक्षले गरेको सकारात्मक पहल प्रसंसनिय रहेको र खास गरि ग्रामीण भेगमा छोरीहरूलाई उच्च शिक्षा दिन परिवारले आनाकानी गरिरहेको अवस्थामा यस्ता कार्यक्रमहरुबाट समाजमा राम्रो असर पर्ने र ग्रामीण भेगकि छोरीहरू पनि उच्च शिक्षा हासिल गर्न मद्दत हुने बताए ।

कार्यक्रममा वार्ड नम्बर ३१ का वडाधयक्ष जितेन्द्र यादव तथा समाजिक अगुवा, प्रधानाध्यापक, शिक्षक शिक्षिका, स्थानीय अग्रज लगायत विद्यार्थीहरू को उल्लेख्य उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *