वीरगन्ज । नक्कली शरणार्थी काण्ड लगायत भ्रष्टाचारको काण्डहरुलाई निश्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले आज वीरगन्जमा प्ले काड सहित बिरोध प्रदर्शन गरेको छ ।
जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा वक्ताहरुले नक्कली भुटानी शरणार्थी काण्ड छनबिन निश्पक्ष हुनु पर्ने, मधेस सरकारको साईकल घोटाला काण्ड, छोरी बिमा कार्यक्रम , पोखरी सौन्दर्यकरणको नाममा भएको भ्रस्टाचार काण्डहरु सुक्ष्म तरिकाले छानबिन गरि भ्रस्टाचारीहरुलाई कडा कारवाही गरि सबै सम्पत्ति जफत गर्नु पर्ने माग गरेका थिए।
कार्यक्रममा पार्टीका नेता केन्द्रिय सदस्य डाक्टर अजय यादव , जिल्ला सह- इन्चार्ज मुकेश दिवेदी, सह संयोजक रामजी रौनियार , महिला जिल्ला संयोजक अन्जना गुप्ता, जिल्ला सचिव रेखा यादव, नेताहरू सिए अजय चौरसिया, श्याम गुप्ता, सुजित चौरसिया, श्याम शंकर चौरसिया, राजेश चौरसिया, नजमा खातुन,बिराजु यादव, राम नरेश पटेल ,संजय बर्मा , बिजय यादव, उमाशन्कर गुप्ता, महेश चौरसिया, महादेव शर्मा, कृष्ण कुशवाहा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण विद्यार्थी अध्यक्ष राजु गिरीले गरेका थिए।



