वीरगंज । वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै संस्थागत विद्यालयहरूलाई तोकेको रङको सवारी साधन बस, भ्यान आदि प्रयोग गर्न निर्देशन दिएको छ ।
महानगरमा रहेका संस्थागत विद्यालयहरूले तोकिए अनुसार सुन्तला रङको स्कूल बस, भ्यान प्रयोग नगरेको समाचार प्रकाशित गरेपछि महानगरले संस्थागत विद्यालयहरूलाई पत्राचार गरेर तोकिएको रङको सवारी साधन, बस, भ्यान प्रयोग गर्न निर्देशन दिएको छ ।
महानगरले यसबारे जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई समेत पत्राचार गरेको छ र संस्थागत विद्यालयका छाता सङ्गठन प्याब्सन, एन–प्याब्सनलाई उक्त बेहोराको बोधार्थ दिंदै नियम अनुसार कार्य नगर्ने विद्यालयहरू स्वयं दोषी र जवाफदेही हुने जनाएको छ ।


