Categories समाचार

जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि यतिको जहाज काठमाडौँ फिर्ता

Advertisement

वीरगन्ज । जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको छ । पाइलटले दुई पटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल देखिएपछि यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको हो ।

विमानस्थलका प्रमुखसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क नभए पनि यति एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजे पनि अवस्था प्रतिकूल नभएपछि जहाज फर्केको जनाएका छन् । उनका अनुसार जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न पहिलो पटक पानी परेको हुँदा मौसमको कारण र अर्को पटक अवतरण गर्न खोज्दा रनवेमा स्याल देखेपछि जहाज फर्केको हो । 

Advertisement

पाइलटले एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको प्रबन्धक सिंहले जनाए । जनकपुर विमानस्थलमा आएर काठमाडौँ फर्केका यति एयरका जहाजमा ६० जना सवार रहेको एयरलाइन्सले जनाएको छ ।

Advertisement

जनकपुरको लागि साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो भने जनकपुरबाट काठमाडौँको लागि ५९ जनाले टिकट बुकिङ गराएका थिए । काठमाडौँ फर्केको यतिका आजको फ्लाइट रद्द गरिएको एयरलाइन्सले जनाएको छन् । फ्लाइट रद्द हुँदा यात्रुहरू बिचल्लीमा परेका छन् । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *