Categories समाचार

जसपाको तर्फबाट वीरेन्द्रप्रसाद महतो बने वन तथा वातावरणमन्त्री

Advertisement

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) को तर्फबाट वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा जसपाकै प्रमिला कुमारीलाई नियुक्त गरेका हुन् ।

Advertisement

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Advertisement

यसअघि पनि वन मन्त्रालयको नेतृत्व जसपाले नै गरेको थियो । जसपाबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रदीप यादव वनमन्त्री बनेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *