Categories समाचार

मधेश प्रदेश सरकारबाट माओवादी बाहिरिने

वीरगञ्ज । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले नेतृत्व गरिरहेको मधेश प्रदेश सरकारबाट माओवादीले बाहिरिने निर्णय गरेको हो । 

मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार गरेको मन्त्रिपरिषद् विस्तार प्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ । 

Advertisement

आजै माओवादीका मन्त्रीले मुख्यमन्त्री यादवलाई आफ्नो राजिनामा बुझाउने भएका छन् ।

Advertisement

माओवादी मधेश प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्दै मन्त्रीहरुलाई फिर्ता बोलाएको संसदीय दलका नेता भरतप्रसाद यादवले बताए । मुख्यमन्त्री यादवले चोरबाटोबाट सरकार विस्तार गरेको भारतप्रसाद यादवले आरोप लगाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *