Categories Uncategorized

वीरगन्ज : वडा नं. ८ द्वारा हजयात्रीको सम्मान तथा बिदाइ

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ ले आफ्नो वडाबाट हज यात्रामा जानेहरुलाइ आज ( बुधबार ) विदाई तथा सम्मान गरेको छ ।

वडा नम्बर ८ बाट १ महिलासहित तिन जना यो बर्ष हजका लागि यात्रामा जान लागेका हज यात्रीलाई वडा समितिले विदाई गरेको हो ।

Advertisement

हज यात्रीलाई टोपि ,पछ्यौरी तथा माला लगाई वडा अध्यक्ष रितेश गुप्ता ( मुन्ना  ) र वडा समितिले सम्मान तथा विदाई गरेको हो ।

Advertisement

हज यात्रीलाई वडा अध्यक्ष गुप्ता तथा वडाका अगुवाहरूले हज यात्रीको यात्रा सफलताको कामना गर्दै देशमा शान्ती अमनचयनको लागि अल्लाह संग दुवा माग्नेमा आशावादी रहेको बताउनुभयो ।

मुस्लिम धर्मगुरुका अनुसार प्रत्येक मुस्लिम आफ्नो जीवनकालमा कम्तीमा एक पटक हज गर्न जानुपर्छ। मक्का मदीना यात्रा गर्नेले स्वर्ग जाने सरह पुण्यफल प्राप्ति गर्ने भएकाले त्यहाँ जाने मान्यता रही आएको विश्वास गरिन्छ ।

‘हज गर्नाले जस्तो सुकै ठलो अपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुन्छ’ उनले भने। हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ। मक्कामा सात पटक परिक्रमा ( तवाफ )
गर्नुपर्छ जसले एक हज-कावा ) प्राप्त हुन्छ। इदुल अजाह (बकरईदका दिन) बिशेष नवाज पढ्दै कुर्वानी दिने चलन छ।

हज यात्रा गर्नेलाई हाजी भन्ने चलन रहेको बताईएको छ।

वडा नम्बर ८ का ३ जना हज र ४ जना मक्का मदिना बाट उम्रा गरेर फर्किनुभएकाहरुलाई पनि वडा समितिले सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *