Categories राजनीति

जसपाको प्रमुख सचेतकमा पर्सा १ का सांसद प्रदीप यादव नियुक्त

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रमुख सचेतकमा प्रतिनिधिसभा सदस्य प्रदीप यादव नियुक्त भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको तर्फबाट संघीय संसदको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

Advertisement

जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी संघीय संसद सचिवालयलाई शुक्रबार दिएका छन् ।

Advertisement

संघीय सांसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सुविधा उपलब्ध गराइदिने व्यवस्थाका लागि अध्यक्ष यादवले संघीय संसद सचिवालायलाई आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *