Categories अपराध समाचार

अवैध लागुऔषध चरेश सहित २१ वर्षिय युवक पक्राउ

वीरगन्ज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं १ फुलवरिया मुडली नहर बाटो बाट लागू औषध चरेस समेत एक जना तस्कर लाई पक्राउ गरेको छ।

पक्राउ परेका तस्कर कालिकामाई गाउँपालिका वडा नं १ बस्ने २१ वर्षिय अनिल पासवान रहेको छ।

Advertisement

पक्राउ परेका पासवानले फुलवरिया गाउँ बाट भारतिय नम्बर को बिआर २२ एट ८४९८ नम्बरको पलाटिना मोटरसाइकलमा मुडली गाउँ तर्फ जाँदै गरेको अवस्थामा गुप्त सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया र आसवारीको सयुक्त टोलीले प्रहरी निरिक्षक मोहन बिक्रम केसीको कमान्डमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Advertisement

निजलाई चेक जाँच गर्दा अवैध लागुऔषध चरेश आधि आधि किलो ग्राम का बीस वटा पैकेटमा रहेको चरेस १० किलो सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रबक्ता एव डिएसपी दिपक गिरीले जनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *