Categories समाचार

अष्ट्रेलियाबाट अब सिधै नेपाल उडान

Advertisement

काठमाडौँ । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौता अनुसार हाललाई साताको दुई उडान तयारी अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।

नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार सिङ्गापुरमा टेक्निकल ट्रान्जिट (हवाई इन्धन भर्ने) गरी सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति पाएसँगै असार पहिलो सातादेखि उडान नियमित हुने छ ।

Advertisement

उनले भने, “निगमले असार ६ गते पहिलो उडान गर्ने गरी गरेको प्रस्ताव अनुसार बिहीबार र शनिबारका लागि उडान अवतरण गर्ने समय (स्लट) पाएको छ । सोही आधारमा अस्ट्रेलियाको नियमन निकायसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाइसकेका छौँ ।”

Advertisement

भूमिस्थ प्रबन्ध, लजिस्टिक, क्याटरिङलगायतका सेवातर्फ समेत छनोट प्रव्रिmया चलिरहेको बताउँदै उनले दुई साताभित्र सबै प्रक्रिया पूरा गरेर उडान सुरुवात गर्ने तयारीमा रहेको जानकारी दिए ।

उनले उडानका लागि निगमले जिएसए (जनरल सेल्स एजेन्ट) छनोट, सिङ्गापुर र सिड्नीमा इन्धनका लागि कम्पनी छनोट प्रक्रियाको काम गरिरहेको उल्लेख गरे।

सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टनेन्स, मर्मत र अपरेसन) छनोट भइसकेको बताउँदै उनले हाललाई वाइडबडी ‘ए’ ३३० विमानबाट उडान हुने जानकारी दिए ।

दुई लाख हाराहारी नेपाली बसोबास गर्दै आएका अस्ट्रेलियामा सिधा उडान नहुँदा लामो ट्रान्जिटमार्फत आहोरदोहोर गर्नुपर्ने बाध्यता छ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *