Categories समाचार

जन्मकैदको सजाय पाएका रेशम चौधरीको कैद सजाय माफी, भोलि रिहा हुने

Advertisement

काठमाडौं। सरकारले सर्वाेच्च अदालतबाट पनि जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीको कैद सजाय माफी गरेको छ ।

मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले रेशमको जन्मकैद सजाय माफी गर्ने निर्णय गरेका हुन् ।

Advertisement

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *