Categories समाचार

सामाजिक सुरक्षा भत्तामा कूल बजेटको ८ प्रतिशत बढी बजेट

Advertisement

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा शीर्षकमा मात्र कूल बजेटको ८ प्रतिशत बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षामा कूल १ खर्ब ४२ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बजेट छुट्याएको हो । 

यो कूल बजेटको ८.१६ प्रतिशत हो । आगामी आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट छुट्याएको छ । 

Advertisement

कूल बजेटको ८ प्रतिशत भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा नै खर्च गर्नुपर्छ अन्य विकास निर्माण तथा आर्थिक वृद्धि एवं उत्पादनमूलक क्षेत्रमा बजेट घट्न पुगेको सरकार आफैले स्वीकारेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म यस्तो सामाजिक सुरक्षा शीर्षकमा ९६ अर्ब ९३ करोड रुपैयाँ बढी खर्च भइसकेको सरकारले जनाएको छ । 

Advertisement

खासगरी वृद्ध भत्तालाई प्रमुख मानिएको सामाजिक सुरक्षामा अन्य १० शीर्षकहरू समावेश छन् । सरकारी तथ्याङ्क अनुसार सामाजिक सुरक्षा भत्ता लिने नेपालीहरूको संख्या ३६ लाखमाथि छ । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *