अमित अग्रवाल
वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयरका सामानहरू सहित ट्रक पक्राउ गरेको छ ।
खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा खटेको प्रहरी टोलीले हिजो( सोमबार ) राति साढे ११ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ बाट पक्राउ गरेको हो ।
ना.८ ख ४०१८ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मुल्य रु. ५१,०९,२०७।- (एकाउन लाख नौ हजार दुई सय सात ) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज (मंगलबार) राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।






