Categories समाचार

वीरगन्ज महानगरपालिकालाई संघीय सरकारबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ अनुदान

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । जसमध्ये ९० करोड १७ लाख रुपैयाँ सशर्त अनुदान, ३६ करोड २९ लाख समानीकरण अनुदान, २ करोड २५ लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको छ ।

विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७७ करोड ७८ लाख सशर्त अनुदान, समानीकरण अनुदान ३४ करोड ८६ लाख, विशेष अनुदान ६ करोड र समपूरक अनुदान ६० लाख रुपैयाँ पाएको छ ।

Advertisement

ललितपुर महानगरपालिकाले १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ६७ करोड ६ लाख सशर्त अनुदान, ३९ करोड ८१ लाख समानीकरण अनुदान, २ करोड ५० लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको छ ।

Advertisement

भरतपुर महानगरपालिकाले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ । जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त र ३९ करोड ६ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ७५ लाख समपूरक र ६ करोड ५० लाख विशेष अनुदान पाएको छ ।

काठमाडौं महानगरपालिकाले २ अर्ब १४ करोड २१ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ४३ करोड ७६ लाख सशर्त अनुदान छ भने ७० करोड ५५ लाख समानीकरण अनुदान छ । काठमाडौंले विशेष र समपूरक अनुदान पाएको छैन ।

पोखरा महानगरपालिकाले २ अर्ब ७६ करोड ३२ लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४८ करोड ७० लाख, सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र समपूरक अनुदान ४ करोड छ । पोखराले विशेष अनुदान भने पाएको छैन ।

६ वटा महानगरपालिकामध्ये पोखराले संघीय सरकारले दिने अनुदान सबभन्दा धेरै पाएको हाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *