Categories खेलकुद समाचार

धाेनी नेतृत्वको टिम आइपिएल जित्दा वीरगन्जमा खुशीयाली, मानव सेवा आश्रममा खाद्यान्न सहयाेग

Advertisement

वीरगन्ज । महेन्द्र सिंह धाेनी नेतृत्वको चेन्नाई सुपर किंग्सले ईण्डियन प्रिमियर लिग (आइपिएल) काे उपाधि जितेकाे खुशीयालीमा धाेनीका समर्थक वीरगन्जका युवाहरुले मानव सेवा आश्रममा खाद्यान्न सहयाेग गरेका छन् ।

एम एस धाेनी फ्यान क्लब वीरगन्जमा आबद्ध क्रिकेट प्रेमी युवाहरुले मंगलबार साँझ वीरगन्जस्थित मानव सेवा आश्रममा पुगेर चाउचाउ, बिस्कुट, भुजा , साेयाबिन लगायतका खाद्यान्न सहयाेग गरेका हुन् ।

Advertisement

धाेनी कप्तान रहेकाे चेन्नाई सुपर किंग्स आइपिएलकाे च्याम्पियन बनेकाे खुशियालीमा उनिहरुले आश्रममै केक काटेर रमाइलाे गर्दै खुशी साटासाट पनि गरेकाे मानव सेवा आश्रम मधेस प्रदेशका संयाेजक देवेश गुप्ताले जानकारी दिए ।

Advertisement

त्यसअवसरमा एम एस धाेनी फ्यान क्लबका अध्यक्ष विक्की सर्राफका साथै क्लबका सदस्यहरुकाे पनि उपस्थिति थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *