Categories शिक्षा

अत्याधिक गर्मीका कारण वीरगन्जका शिक्षण संस्थाहरु शुक्रबारदेखि ८ दिनका लागि बन्द

Advertisement

वीरगन्ज । अत्याधिक गर्मीका कारण जनजिवन नै कष्टकर भएपछि पर्साकाे वीरगन्ज महानगरपालिकामा रहेका शिक्षण संस्थाहरु शुक्रबारदेखि ८ दिनका लागि बन्द हुने भएका छन् ।

बढ्दाे गर्मीका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा प्रभाव परिरहेकाे भन्दै वीरगन्ज महानगरपालिकाकाे कार्यालयले बुधबार एक सुचना जारी गर्दै जेष्ठ १९ देखि जेष्ठ २६ सम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मकाे पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे जनाएकाे छ ।

Advertisement

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पैडेलले जारी गरेकाे सुचनामा बढ्दाे गर्मीका कारण विद्यार्थीहरुकाे स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गरि वर्षे विदामा कट्टा हुनेगरि ८ दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे उल्लेख छ ।

Advertisement

अत्याधिक गर्मीका कारण पर्साका विद्यालयमा विद्यार्थीहरु कक्षा कोठामै बेहोशपनि हुन थालेका छन् ।

पर्सा , बारा लगायतका जिल्लामा पछिल्लो एक साता यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४० देखि ४३ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण यश क्षेत्रकाे जनजिवन नै प्रभावित भएको छ ।

बुधबार पर्साको ग्रामीण भेगमा रहेको एक सामुदायिक विद्यालयमा एक जना छात्रा गर्मीका कारण बेहोश भएकी छन् । पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा बुधबार एक छात्रा कक्षाकोठामै बेहोश भएकी हुन् ।

कक्षा ४ मा पढ्ने साहबुन नेशा अत्याधिक गर्मीका कारण बुधबार बिहान ९ बजे कक्षाकोठामै बेहोश भएको विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले बताए । उनलाई उपचारका लागि वीरगन्जको अस्पतालमा पठाइएको दासले जानकारी दिए । साभार : मधेशखबर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *