Categories राशिफल

सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्

Advertisement

वीरगन्ज ।

मेष । आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।

Advertisement

वृष । आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शेयर बजारको क्षेत्रमा पनि सफल रहने योग छ ।

Advertisement

मिथुन । आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।

सिंह । आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

कन्या । शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।

तुला । सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।

वृश्चिक । आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । सफल र उत्साहजनक यात्रा यात्रा हुनेछ र पुनर्मिलन हुनेछ ।

धनु । गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

मकर । आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

कुम्भ । विद्यामा अरु भन्दा पछि परिने देखिन्छ । समयमा काम नबन्न सक्छ, तर मन मिल्ने साथीको साथ, सहयोग र हौसलाले मन शान्ति हुनेछ ।

मीन । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । न्युजलय

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *