Categories समाचार

औद्योगिक करिडोरका तीन वटै स्थानीय तहले करको दरमा एकरुपता ल्याउने तयारी गर्दै

Advertisement

वीरगञ्ज । वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रमा पर्ने तीनै वटा स्थानीय तहले आउँदो आर्थिक वर्षबाट करको दरमा एकरुपता ल्याउन गृहकार्य सुरु गरेका छन् । वीरगञ्ज महानगरपालिकाको पहलमा बिहीबार तीनै स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एक रुपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाएको छ ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनै वटा सरकारले यहाँका उद्योगि व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एक रुपता ल्याउन खोजिएको बताउनु भयो । बैठकले आयका शीर्षक र करको दरमा एक रुपता ल्याउन वीरगञ्ज महानगरपालिकाका राजश्व शाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

Advertisement

समितिमा जितपुर सिमरा उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजश्व शाखा प्रमूख कृष्ण प्रसाद यादब सदस्य रहेका छन् । कार्यदलले यस क्षेत्रमा कुन विषयमा कति कर लगाउन मुनासिब देखिन्छ भन्ने बारे अध्ययन गरेर तीन दिन भित्र प्रतिबेदन बुझाउने जिम्मेवारी पाएको छ ।

Advertisement

कार्यदलले अध्ययन गरेर प्रतिबेदन दिएपछि पुन: बैठक बसेर त्यस बारेमा निर्णय लिइने महानगर प्रमुख सिंहले बताउनु भयो । महानगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकमा जितपुर सिमराका प्रमुख राजन पौडेल, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जितपुरसिमराका उपप्रमुख भोला प्रसाद अधिकारी,  परवानिपुर गाउँपालिकाका प्रमुख राछत्री प्रसाद कुर्मी, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायत तिनै वटा स्थानीय तहका राजश्व शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *