Categories समाचार

वीरगञ्ज : ठाकुरराम क्याम्पसको प्रमुखमा रञ्जितप्रसाद यादव नियुक्त

वीरगञ्ज ।  वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखमा रञ्जितप्रसाद यादव नियुक्त भएका छन् ।

त्रिभुवत विश्वविद्यालय उपकुलपतिको कार्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त वास्कोटाले हस्ताक्षर गरेको नियुक्ती पत्रअनुसार सहप्राध्यापकको रुपमा कार्यरत यादवलाई क्याम्पस प्रमुखमा नियुक्त  गरिएको हो । 

Advertisement

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ५२ को नियम १८५ बमोजिम यादवलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

Advertisement

जेठ १६ गते बसेको बैठकले जेठ २१ ग्ते आइतवार (आज) देखि लागू हुनेगरी यादवलाई त्रि.वि. ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको क्याम्पस प्रमुख पदमा नियक्त गर्ने निर्णय गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *