Categories समाचार

श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित एक युवक पक्राउ

Advertisement

वीरगन्ज । स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।

कृष्णनगर नगरपालिका-२ यात्रु गेटबाट श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित दाङ राप्ती गाउँपालिका-३ बस्ने २२ वर्षीय राज कुमार पुन मगरलई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

Advertisement

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *