वीरगन्ज । आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका ४ बस्ने सर्फुदिन अन्सारी रहेका छन् ।
१४ दिनका छोराको हत्या गरी अन्सारी फरार भएको भन्दै खोजतलासाका लागि खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको चन्द्रागिरिबाट चन्द्रागिरी नगरपालिका ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा ल्याइएको छ ।







