Categories समाचार

पर्सामा चापाकल सुक्न थालेपछि दैनिकीमा समस्या

Advertisement

वीरगन्ज । वर्षा नहुदा अत्याधिक घाम गर्मी भई पानी सुकेपछि पर्साको विभिन्न ठाउँका चापाकलहरु सुक्न थालेको छ । यो समस्या शहरी क्षेत्र संग संगै ग्रामीण भेगमा पनि देखिन थालिएको छ ।

अहिले खेती गर्ने बेला पनि वर्षा नहुदा वोरिङ्गबाट किसानहरुले तरकारी र धानको विउमा पानी सिचाई गरेका छन वर्षा नहुँदा दिन प्रतिदिन पानीको सतह घटदै गएपछि चपाकल सुक्न थालेको हो ।

मानिसको हरेक आवश्यकतामा चाहिने पानी एकाएक चापाकल सुक्न थालेपछि दैनिकीमा समस्या परिरहेको देखिन्छ । पर्साका केही क्षेत्रमा मात्र सरकारी पानीको धारा हुने हुदा अधिकांश क्षेत्रका मानिस चापाकलकै पानिमा निर्भर रहेका छन् ।

Advertisement

अहिले वर्षा हुने समय हो तर वर्षा नहुंदा अत्याधिक घाम गर्मी बढे संगै पानीको सतह घटदै गएपछि अहिले केही स्थानको चापाकलबाट आउने न्युन पानी पनि सुक्छ कि भन्ने चिन्ताको विषय बनेको छ ।

Advertisement

अत्याधिक गर्मी बढेका कारण सरकारले विद्यालयहरुमा पठन पाठन बन्द गरेको छ । शिक्षा समितीको वैठकको निर्णय अनुसार हाल बढिरहेको अत्याधिक गर्मीका कारण पठन पाठन तथा शैक्षिक गतिविधि संचालनमा असहज भएकोले शैक्षिक क्यालेन्डरमा उल्लेख भएको गर्मी विदाबाट कट्टी हुने गरी सम्पुर्ण विद्यालयहरुमा विदा गरिएको छ ।

वीरगन्जमा पनि धमाधम चापाकल सुक्न थालेपछि महानगरले १८ वटा वडामा धारा जडान गर्ने भएको छ। महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जाल आफ्नो फेसबुकमार्फत महानगरका एकदेखि १६, १७ र १९ नम्बर वडामा चार हजार धारा जडान गर्ने जानकारी दिएका छन्। खानेपानी संस्थानसँग समन्वय गरी चार हजार घरधुरीमा निःशुल्क सरकारी धारा जडान गरिने उनले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *