Categories शिक्षा समाचार

गर्मी कम नभएपछि वीरगञ्जका बिधालयहरु थप एक साता बन्द

वीरगञ्ज । दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगञ्ज महानगरपालिकाले शिक्षण संस्थाहरु थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगञ्ज महानगरपालिका नगरपालिकाको कार्यालयले जेठ १९ गतेदेखि जेठ २६ गते शुक्रबारसम्म महानगरमा रहेका बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै  सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो । 

Advertisement

यद्यपि योबिचमा गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि शुक्रबार एक सूचना जारी गरेर वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरु थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ । 

Advertisement

तापक्रम घट्नुको सट्टा झन् बद्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप एक साता अर्थात असार १ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । 

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो दुई सातायता अत्याधिक गर्मी बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४४  डिग्रि सेल्सियससम्म पुगेको छ । बिहीबार वीरगञ्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्रि सेल्सियस मापन गरिएको थियो । 

शुक्रबार तापक्रम झन् बढेर ४४ डिग्रि सेल्सियस पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *