श्याम सरार्फ
वीरगन्ज । हाल देखिएको पानीको समस्या समाधान गर्न चार लाख पचास हजार लिटर क्षमता भएको पानी टंकीको शिलान्यास आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवामा आज नेपाल खानेपानी संस्थान, वीरगन्जको डिप बोरिङ र पानी टंकीको शिलान्यास पूर्व वन तथा वातावरण मन्त्री तथा संघीय सांसद प्रदीप यादवले गरेका छन् ।
५३ करोड ३२ लाख २४ हजार २ सय २० रुपैयाँको लागतमा तयार हुन लागेको सो टंकी चार लाख पचास हजार लीटर क्षमता भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जानकारी गराए ।
लगभग ४५ हजार घरधुरीले धारा लाइन जडानको लाभ पाउने तथा दुई वर्षमा सो कार्य समपन्न हुने खानेपानी संस्थान वीरगन्जका प्रमुख निरेन महर्जनले बताए ।
शिलान्यास गर्न पुगेका नगर प्रमुख सिंहले भने “हाल बढ्दै गएको गर्मीका कारण चापाकल सुक्ने समस्या देखिएकाले यस डिप बोरिङ र पानीटंकीले नगरबासीलाइ राहत पुग्ने आफुले विश्वास लिएको छु ।”
वीरगन्जमा पनि धमाधम चापाकल सुक्न थालेपछि महानगरले १८ वटा वडामा धारा जडान गर्ने भएको छ। महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जाल आफ्नो फेसबुकमार्फत महानगरका एकदेखि १६, १७ र १९ नम्बर वडामा चार हजार धारा जडान गर्ने जानकारी दिएका छन्। खानेपानी संस्थानसँग समन्वय गरी चार हजार घरधुरीमा निःशुल्क सरकारी धारा जडान गरिने उनले बताएका छन्।
सो अवसरमा वडा नम्बर १६ का वडाअध्यक्ष परशुराम चाैरसिया, स्थानीय अगुवा लगायतकाे पनि उपस्थिति रहेको थियाे ।







