Categories समाचार

१० दिने सांकेतिक भाषा प्रशिक्षण सम्पन्न

Advertisement

वीरगञ्ज । बहिरा नागरिकसँग संचार गर्न सहज होस पार्ने उद्धेश्यले वीरगञ्जमा सरोकारवालाहरुलाई सांकेतिक भाषाको तालिम दिइएको छ ।

पर्सा बहिरा संघको आयोजना र वीरगञ्ज महानगरपालिकाको सहयोगमा सरोकारवालाहरुलाई १० दिने आधारभूत सांकेतिक भाषा तालिम दिइएको हो ।
१० दिनको तालिमबाट प्रशिक्षार्थीले सांकेतिक भाषाका आधारभूत ज्ञान सिकेका छन् ।

Advertisement

सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयका प्रतिनिधिलाई बहिरा नागरिकसँग संचार गर्न सहज होस भनेर तालिम दिइएको पर्सा बहिरा संघका उपाध्यक्ष समिक्षा सापकोटाले बताउनुभयो ।

Advertisement

भाषागत ज्ञान बृद्धिका लागि तालिम फलदायी रहेको र तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्दै बहिरा नागरिकहरुसँग सहज संचार गर्ने वातावरण बनाएको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विश्वास लिनुभयो ।

२५ जना प्रशिक्षार्थी सहभागि तालिम गएको १६ गतेबाट सुरु भएर शुक्रबार सम्पन्न भएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *