Categories समाचार

महानगरले शिक्षा र समाजिक क्षेत्रमा सुधारको सुरुवात गरेको छ : नगरप्रमुख सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्जज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बालबालिकाहरुको भविष्यका लागि शिक्षा र समाजिक क्षेत्रमा सुधारको थालनी गरेको बताउनु भएको छ ।

वीरगञ्जज महानगरपालिकाको सहयोगमा सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जले आयोजना गरेको ‘बालबालिकासँग मेयर’ कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले आफूले वीरगञ्जको विकासका लागि शैक्षिक उपलब्धि भन्दा पनि दीर्घकालिन सोचका साथ काम गर्न खोजेको बताउनुभयो ।

Advertisement

विगतका दिनमा सहीलाई सही र गलतलाई गलत भन्न नसकेकै कारणले वीरगञ्ज विकासमा पछि परेको बताउँदै अहिलेका पुस्ताले सही कुरा गर्न कसैसँग डराउनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । समाजमा भएको गलत क्रियाकलापहरुको खुलेर बोल्न र प्रतिवाद गरेर समाज परिवर्तनका लागि अगाडि आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

Advertisement

शिक्षा र सामाजिक क्षेत्रको विकास नै स्थानीय तहको विकासको मानक हुने भएकोले यसको लागि शिक्षा क्षेत्रमा ऐनले व्यावस्था गरे अनुसार हरेक सामुदायिक र संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम बाहेक अतिरिक्त क्रियाकलापमा पनि जोड दिनको बताउनुभयो ।

बालश्रम, बालमैत्री शासनको विषयमा महानगरपालिकाले लिएको नीतिको बारेमा सहभागी बालबालिकाहरुले गरेको प्रश्नको जवाफ दिदै उहाँले बोलीमा भन्दा पनि व्यवहारमा देखिने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको, बालमैत्री वडा घोषणा गरिएको भए पनि अहिले फेरी उस्तै अवस्था देखिएकोले त्यसलाई दीर्घकालिन रुपमा समाधान गर्न र सडक बालबालिकाहरुको लागि शिक्षा, स्वास्थ्य र भविष्यको विषयमा पनि महानगरपालिकाले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्ने बताउनुभयो ।

नारायणी एफ.एम.का कार्यक्रम संयोजक शिवनाथ यादवले सहजीकरण गरेको कार्यक्रममा वीरगञ्जका विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *