Categories समाचार

पर्सा : ठूलो परिमाणमा लागुओैषध चरेस र गाँजा बरामद

Advertisement

वीरगन्ज । पर्साकाे देवरियाबाट प्रहरीले ठूलो परिमाणमा लागुओैषध चरेस र गाँजा बरामद गरेकाे छ ।

पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ देवरियाबाट मंगलबार बिहान प्रहरीले चरेस २० केजी र गाँजा १२ केजी बरामद गरेकाे हाे ।

Advertisement

विशेष सुचनाकाे आधारमा प्रहरी चाैकी रंगपुरटाँडीबाट प्रहरी सहायक निरीक्षक माेहन नारायण यादवकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले मंगलबार बिहान ३ बजेकाे समयमा देवरियाबमट चरेस र गाँजा बरामद गरेकाे पर्साका प्रहरी उपरीक्षक काेमल शाहले जानकारी दिए ।

Advertisement

चरेस र गाँजा तस्करहरु भने प्रहरीकाे टाेलीलाई देख्नेबित्तिकै चरेस र गाजाँकाे पाेका फ्याँकेर फरार भएकाले उनिहरुलाई पक्राउ गर्न नसकिएको प्रहरी उपरीक्षक शाहले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *