वीरगन्ज । नारायणी अस्पतालको एक वाडमा बिरामीलाई राहत होस् भन्ने उदेश्य सहित पंखा सहयोग गरिएको छ ।
वीरगन्ज महानगरपालिका स्थित नारायणी अस्पतालको फिजियो थेरापी वाडलाई थेरापी वाडमै जड़ान गर्नका लागि २ थान स्टेण्ड पंखा सहयोग गरिएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।
उपकार सेवा संस्थाको सम्पूर्ण आर्थिक सहयोगमा सो अस्पतालको फिजियो थेरापी वाडमा जड़ान गर्नको लागि २ थान स्टेण्ड पंखा संस्थाकि अध्यक्ष बिध्या देवी सरावगीले स्टोर प्रमुख सुनिल रौनियारलाई हस्तान्तरण गरेकि हुन ।
सो अवसरमा संस्थाका सदस्य सज्जन अग्रवाल, सुमन बगारिया अन्कुर शर्मा, डाक्टर उदय मिश्र , डाक्टर एस.एन. कुमार,डाक्टर धनसुन्दर यादव लगायतको उपस्थिति रहेको थियो ।






