Categories स्वास्थ्य

ग्रिनसिटीको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न, २ सय २५ जना लाभान्वित

Advertisement

वीरगञ्ज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार जागरुकता दिवसका अवसरमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा शिविर सम्पन्न गरेको हो । 

Advertisement

७५ जना महिला र १५० जना पुरुष गरि जम्मा २ सय २५ जना ज्येष्ठ नागरिक र स्थानियको चेकजाँच गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

Advertisement

खेतानकाअनुसार चेकजाँच गराउनेहरुलाई आवश्यक्ताअनुसार औषधि पनि निशुल्क रुपमा वितरण गरिएको थियो ।

शिविरमा सहभागीहरुको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामी लगायतको टोलीले आँखा चेकजाँच गरेको थियो ।

शिविरमा प्रहरी चौकी आदर्शनगरका प्रहरी नायब निरीक्षक सत्यप्रकाश त्रिपाठी, वीरगञ्ज महानगरपालिका सरसफाई शाखाका प्रमुख सरफुदिन मिया लगायतको उपस्थिती रहेको केन्द्रका सचिव मुरली जलानले जानकारी दिए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *