Categories समाचार

मधेस प्रदेश सरकारले आज बजेट ल्याउँदै

Advertisement

वीरगन्ज । मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०/८१ को आर्थिक आज साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउन लागेको हो । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताए ।

Advertisement

संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले यस वर्ष बजेटको आकार घट्ने उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *