Categories समाचार

बिहानी शो रद्द भएपनि ‘आदिपुरुष’ काठमाडौंमा चल्न थाल्यो

Advertisement

वीरगन्ज । दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ काठमाडौं उत्यकाभित्र प्रदर्शनमा आएको छ। 

बिहीबार ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर विवाद भएसँगै बिहानी शो रद्द गरिएको थियो। 

Advertisement

नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ११ बजेदेखि काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन गरेको क्युएफएक्सकी बजार प्रबन्धक तृप्ती गिरीले बताइन्। 

Advertisement

‘११ बजेपछि हामीले आदिपुरुष चलाइरहेका छौं। विवादित संवाद हटाएर नै हामीलाई फिल्म पठाइएको थियो। तर मानिसहरू आक्रोशित देखिएपछि सुरक्षा दिन नसकिएला भनेर फिल्म रोकेका हौं। अब फिल्म नियमित प्रदर्शन हुन्छ,’ उनले भनिन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *