Categories समाचार

‘आदिपुरुष’ को विवादित अंश हटाउन कूटनीति पहल गर्न सरकारलाई बालेनको पत्र

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले ‘आदिपुरुष’ को विवादित अंश हटाउन कूटनीति पहल गर्न संघीय सरकारलाई माग गरेका छन् ।

चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रबाट हटाउनको लागि कूटनीति पहल गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको हुन् । 

Advertisement

उक्त चलचित्रमा विवादित अंश नहटाएको खण्डमा नेपालमा कुनै पनि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन समेत माग गरेका छन् । 

Advertisement

उक्त चलचित्र यथावत् अवस्थामा प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उनको भनाई छ । उक्त चलचित्रले नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको उनको भनाई छ । 

उक्त चलचित्रमा रहेको आपत्तिजनक शब्द नहटाएसम्म नेपालभर प्रदर्शनमा रोक लगायत समेत माग गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *