Categories समाचार

गढीमाई मन्दिर र ठोरी सहित दुई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा बजेट

वीरगन्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्च गर्ने गरी दुई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।

जनकपुरधाममा रहेको जानकारी मन्दिर, कन्चव वन, पर्साको ठोरी, सौतनिया पोखरी, सप्तरीको मरौटी, जलेश्वर मन्दिर, कमल दहसहितका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिन बजेट राखिएको बजेटमा उल्लेख छ ।

Advertisement

बजेटमा गढीमाई मन्दिरको गुरुयोजना बनाउने भनिएको छ । नेपालको सबैभन्दा होचो ठाउँ धनुषको मुखियापट्टी मुसहर्नियालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने समेत बजेटमा उल्लेख छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *