Categories समाचार

विल बिजक संकास्पद देखिएको मालवाहक कन्टेनर प्रहरी नियन्त्रणमा

Advertisement

वीरगञ्ज । बिल बिजक भन्दा बढी हार्डवेयर, मोबिल, कपडा तथा बिभिन्न किसिमका खुद्रा  सामानहरु लोड रहेको कन्टेनर ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका कपडा, मोबिल, हार्डवेयर लगायतका खुद्रा सामनहरु बोकेको माल बाहक कन्टेनर ट्रक वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

Advertisement

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोकबाट ना.४ ख ३९८४ नम्बरको मालवाहक कन्टेनर रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त मालवाहक कन्टेनरलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement

पक्राउ परेको कन्टेनर र सो भित्र लोड रहेको मोबिल, कपडा, हार्डवेयर तथा विभिन्न किसिमका खुद्रा समानहरुको मुल्य रू.६० लाख ८८ हजार ५ सय ६८ बराबरको मूल्याकंन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *