Categories समाचार

करेन्ट लागेर गयो दुई युवकको ज्यान

Advertisement

वीरगन्ज । रौतहटको बौधीमाई नगरपालिका–५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राति दुई जना युवाको मृत्यु भएको छ । करेन्ट लागी घाइते भएका उनीहरूको उपचारका क्रममा सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

कोपवाटोलका ३० वर्षीय अरुणकुमार साह र २८ वर्षीय पण्डित कुम्हालको धारामा पानी थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कोपवाले जनाएकाे छ ।

Advertisement

मृतक अरुणको किराना र पण्डितको पान पसल छ । अरुणको घरको धारामा जडान भएको विद्युतीय मोटरमा पानी थाप्न गएका बेला अचानक करेन्ट प्रवाह भएको थियाे । 

Advertisement

दुवै जना धारामा पानी थाप्न लाग्दा करेन्ट लागेर घाइते भएको इलाका प्रहरी कार्यालय काेपवाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *