वीरगञ्ज । कानु समाज नेपाल पर्साको आयोजनामा स्व. रंजन बाबु कानु र विवेक कलवारको सम्झानामा आज वीरगञ्ज महानगरपालिका वडा नं १० घडिअर्वा आशोकवाटी स्थित शिवपार्वती अतिथि सदनको सभाहलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका छपकैया वडा नं १ का युवाहरु को समुह बाबा केदारनाथ दर्शन गरि ऋषिकेश फर्किने क्रममा भएको दुर्घटनामा परी यही जेष्ठ १८ गते का दिन विवेक कलवारको घटनास्थलमै मृत्यु भएको थियो भने आई सियु मा भर्ना रहेका क्रममा रन्जन गुप्ताको मृत्यु भएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि कानु समाज नेपालका केन्द्रीय अध्यक्ष किशोरी प्रसाद साह कानु , विशिष्ट अतिथि वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष शुशिल साह कानु, पुर्व वडा अध्यक्ष राम नगिना साह कानु, अतिथि शिवपार्वती अतिथि सदन का अध्यक्ष प्रमानन्द साह कानु, विवेक कलवार का बुबा ओम प्रकाश गुप्ता उर्फ (ओमी) लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सभापतित्व कानु समाज नेपाल पर्साको अध्यक्ष लक्ष्मण प्रसाद साह कानु ले गर्नु भएको थियो भने कार्यक्रम का सहजिकरण समाज का सचिव श्रवण प्रसाद साह ले गरेको थिएँ।







