Categories समाचार

दुई वर्ष अघि सोनार युवा अभियानले गराएको ध्यानाकर्षण नयाँ नेतृत्वले पुरा गर्दै

Advertisement

अमित अग्रवाल

वीरगन्ज । स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित भएर आएका स्थानीय सरकारलाई वीरगन्जका मुख्य स्थानहरुको सौन्दर्यकरण तथा मर्मत सम्भार गर्न एक संस्थाले लगभग दुई वर्ष अगाडि ध्यानाकर्षण गराएको थियो ।

Advertisement

सोनार युवा अभियान नामक संस्थाले विभिन्न धार्मिक तथा पर्यटकीय स्थल सहित मुख्य रुपमा वीरगन्जको केन्द्रमा रहेको घण्टाघरलाई प्राथमिकतामा राखी रंगरोगन तथा मर्मत सम्भार गराउन तत्कालीन नगर प्रमुखको ध्यानाकर्षण गराएको थियो ।

Advertisement

त्यतिबेला आश्वासन मात्रै पाएको र कार्यकालको अन्तिम समय सम्म सौन्दर्यकरण तथा मर्मतसम्भारको कुनै सुरसार नदेखिएको  अभियानका अध्यक्ष राजकुमार सरार्फले बताए ।

त्यतिबेला अभियानले आफ्नै स्रोतबाट घण्टाघरलाई सुन्दर बनाउन लागि परेको थियो । घण्टाघर सफा राख्न साप्ताहि सरसफाइ कार्यक्रमको आयोजना समेत गरेको थियो । अभियानसंग जोडिएका युवा जमातले पैसा संकलन गरि रास्ट्रिय झण्डा घण्टाघरको चारै तिर सजाएका थिए तर विडम्बना २/३ रातमै झण्डा चोरी भयो ।

सरार्फले भने “चार दशक पहिले जापानका विधार्थीहरुको खाजा खर्च बाट बनेको घण्टाघर पछिल्लो समय संरचनामा परिणत हुदै गएपछि पछिल्लो स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थियौं जस्को कुनै सुनवाइ भएन तर गत निर्वाचनमा विजयी भएर आएको स्थानीय सरकारले हामीले ध्यानाकर्षण गराए अनुरुप सौन्दर्यकरण तथा मर्मतसम्भार गर्न अगाडि बढिरहेकोले हाम्रो प्रयास सफल भएको महसुस भइरहेको बताए ।”

अभियानले सो समय ८ बुदे ध्यानाकर्षण गराएको थियो जसमा
१. घण्टाघरको प्रवेश द्वारलाई रंगरोगन गर्न ।
२.घण्टाघर भित्र रहेको फाउनटेन मर्मत गर्न ।
३.घण्टाघर भित्र चारै तिरबाट रुख रोप्न ।
४.घण्टाघरको घडी मर्मत गर्न।
५.रेखदेखका लागि गार्डको व्यवस्था गर्न
६.चारैतिरबाट फूलको बोट लगाउन।
७. बिग्रिएको बल्बलाईट मर्मत गर्न ।
८.घण्टाघरमा रहेको रेडियो सञ्चालनमा ल्याउन ।
यस्ता बुदाहरु समावेश गरिएको थियो ।

अहिले वीरगन्ज महानगरपालिकाले नगरमा रहेको धार्मिक तथा पर्यटकीय स्थलहरुको मर्मत सम्भार तथा सौन्दर्यकरणमा विशेष जोड दिएको सहजै देख्न सकिन्छ ।

शकंराचार्य गेट, बाल उत्थान, माईस्थान पार्क, पशुपति मन्दिर, घण्टाघर, प्रतिमा चौक लगायत अन्य विभिन्न ठाउँ र संरचनालाई महानगरका प्रमुख राजेशमान सिंहले नँया रुप दिएर वीरगन्जलाई वास्तवमै धार्मिक तथा पर्यटकीय स्थल बनाउन अग्रसरता देखाउनुभएकोमा अध्यक्ष सरार्फले धन्यवाद दिदै वीरगन्जबासीको आश मर्न नदिन सोही अनुसार अगाडि बढन अनुरोध समेत गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *