Categories समाचार

मुख्य नाला सफाईमा बाधक बन्दै नालामाथिको घर, अतिक्रमण हटाउन मेयर सिंहको निर्देशन

Advertisement

वीरगन्ज । वीरगन्जको मुख्य नालामाथी निर्माण भएको घर र नालाको अतिक्रमणले मुख्य नालाको सफाइमा बाधा पुर्याइरहेको छ ।

वर्षायाम लाग्न अधि वीरगन्जको मुख्य नालाहरु सफा गर्नेक्रममा नालामाथी बनेको घर र संरचना सफाई अभियानमा बाधक बनेको छ । आदर्शनगरस्थित कर्पोरेट डेभलपमेन्ट बैक रहेको घर, क्लासिक होटल रहेको घर, हरिखेतान कलेज सहितको घरहरु नालामाथी बनेको छ ।

Advertisement

वर्षौदेखी सफा हुन नसकेको मुख्य नाला अहिले वीरगन्ज महानगरपालिकाले चेन स्काभेटर र सरसफाइ कर्मचारी लगाई सफाई गर्न सुरु गरेको छ ।

Advertisement

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह मुख्य नाला सफाई को अनुगमन गरेका छन् । नालामाथिको अवैध र अतिक्रमीत संरचना हटाउन र नाला सफाई नरोक्न प्रमुख सिंहले निर्देशन दिएका छन् । नालामाथी बनेको केही घरको कारण सफाइ हुन नसकेको देखिएको मेयर सिंहले बताउनु भयो । नालामाथी बनेको घर र संरचनाले वर्षायाममा पुरै बजार डुवानमा पर्ने गरेको छ ।

एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछी सफा भएको छ । नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए ।

नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको विश्वास छ । बीरगन्ज महानगर पालिकाले सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियानमा अघि बढेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *