Categories एजेन्सी

जनताको असन्तुष्टि बढ्दै गएपछि ‘आदिपुरुष’को केही संवाद परिवर्तन गर्ने घोषणा

Advertisement

एजेन्सी । ‘आदिपुरुष’ चलचित्रमा संवाद लेखेका मनोज मुंतासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राखेर चलचित्रमा केही संवाद परिवर्तन गरिने बताएका छन् ।

सामाजिक सञ्जालमा यो फिल्मको संवादको मानिसहरूले आलोचना गरिरहेका छन् । फिल्मको संवादमा जुन किसिमको भाषा प्रयोग गरिएको छ त्यो ठिक नभएको उनीहरूको भनाइ छ ।

Advertisement

नेपालमा पनि सीतालाई ‘भारतकी बेटी’ भनेकोमा सर्वत्र विरोध भइरहेको छ । 

Advertisement

जनताको असन्तुष्टिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको मनोज मुंतासिरले बताएका छन् । 

उनले ट्विट गर्दै लेखेका छन्, ‘राम कथाबाट सिक्ने पहिलो पाठ हरेक भावनाको सम्मान गर्नु हो । सही होस् वा गलत, समय परिवर्तन हुन्छ, तर भावना रहिरन्छ । आदिपुरुषमा ४ हजारभन्दा बढी पङ्क्तिको  संवाद मैले लेखेँ, ५ पङ्क्तिमा केही भावनामा चोट पुगेको छ ।’

‘ती सयौँ पङ्क्तिहरूमा जहाँ श्रीरामको प्रशंसा गरियो, माता सीताको पवित्रताको वर्णन गरियो, त्यसका लागि प्रशंसा पनि पाउनुपर्ने थियो तर थाहा छैन, किन पाइनँ ।’

‘मेरा आफ्नै भाइहरूले सामाजिक सञ्जालमा मेरो लागि अभद्र शब्दहरू लेखे । मेरो आफ्नै, जसका आदरणीय आमाहरूका लागि मैले टिभीमा धेरै पटक कविताहरू पढेँ, उनीहरुले मैले आमालाई अभद्र शब्दमार्फत सम्बोधित गरे ।’ 

‘मैले सोचिरहेँ, मतभेद त हुन सक्छ, तर मेरा दाजुभाइमा एकाएक कहाँबाट यस्तो तिक्तता आयो कि उनीहरुले श्रीरामको दर्शन बिर्सिए जसले हरेक आमालाई आफ्नै आमा सोच्थे । शबरीको चरणमा यसरी बसे कि जसरी काैशल्याको चरणमा बस्दथे ।’

‘तीन घण्टाको फिल्ममा मैले करिब तीन मिनेट तपाईंको कल्पना भन्दा बढी लेखेँ होला तर तपाईंले मेरो निधारमा सनातन–द्रोही लेख्न किन यति हतार गर्नुभयो, मैले बुझ्न सकिनँ । के तपाईंले ‘जय श्री राम’ गीत सुन्नुभएन ? ‘शवोहम’ सुन्नुभएन, ‘राम सिया राम’ सुन्नु भएन ?’

‘आदिपुरुषमा सनातनका यी स्तुति पनि मेरो कलमबाटै जन्मिएका हुन् । ‘तेरी मिट्टी’ र ‘देश मेरे’ पनि मैले लेखेका हुन् ।  मलाई तपाईंहरुसँग कुनै गुनासो छैन, तपाईंहरु मेरो आफ्नै थियौ, छौ र हुनेछौ । हामी एक हौँ । अर्काको विरुद्धमा उभियौँ भने सनातन पराजय हुनेछ ।’

‘हामीले सनातन सेवाको लागि आदिपुरुष सिर्जना गरेका हौँ, जसलाई तपाईंले व्यापक हेरिरहनुभएको छ र मलाई विश्वास छ कि तपाईंले भविष्यमा पनि हेर्नुहुनेछ ।’

‘यी पोस्ट किन ? किनभने मेरो लागि तपाईंको भावनाभन्दा ठुलो अरू केही पनि छैन । म आफ्नो संवादको पक्षमा अनगिन्ती तर्क दिन सक्छु, तर यसले तपाईंको पीडा कम गर्दैन । मैले र फिल्मका निर्माता–निर्देशकले तपाईंलाई आहात पुर्‍याइरहेका केही संवादलाई परिमार्जन गर्ने निर्णय गरेका छौँ । र यसै हप्तादेखि यसलाई फिल्ममा समावेश गरिनेछ । श्री रामले तपाईंहरु सबैको कल्याण गरुन् ।’

शुक्रवार रिलिज भएको आदिपुरुषले पहिलो दिन ग्लोबल बक्स अफिसमा १४० करोड कमाएको छ ।

यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका थिए । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *