Categories समाचार

वीरगन्ज : पानी परेपछि बढेको गर्मीबाट राहत

Advertisement

वीरगन्ज । वीरगन्ज आसपास चिसो हावा चलेर ठाउँठाउँमा पानी परेपछि बढेको गर्मीबाट केही राहत मिलेको यहाँका स्थानीय बताउँछन् । लगातार बढ्दो तापमानले प्रभावित भएको जनजीवनमा मंगलबार दिउँसोदेखि चिसो बतास चल्नुका साथै ठाउँठाउँमा पानी परेपछि केही राहत भएको हो ।

वीरगन्जमा मंगलबार दिउँसो यस् आसपासका क्षेत्रमा पानी पर्नुको साथै आज बिहानैदेखि पानी पर्ने मौसम भएपछि शीतल्ता महसुस गरिएको छ । ‘खेतीपातीलाई साथ मिल्ने र सुकेका पानीका मुहान रसाउने गरी त पानी पर्न सकेन, तर मौसम शीतल भएको छ’ ।

Advertisement

एकाबिहानैदेखि लाग्ने टड्कारो घाम हिजो साझदेखि मलिन भएको छ । आकाशमा काला बादलका टुक्रा देखिँदा र चिसो हावा चलिरहँदा अब राम्ररी पानीपर्ने आश जागेको यहाँका स्थानीय बताउँछन् ।

Advertisement

जिल्लामा लामो समयदेखि घामको राप बढ्दै गएर पानी नपर्दा पानीका मुहान सुकेर खानेपानीको हाहाकार बढ्दै गएको छ । मौसममा फेरबदल आए पानी पर्ने र मुहान रसाउने सर्वसाधारणले आशा गरेका छन् ।

आज (बुधबार ) पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, कोशी र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *