Categories शिक्षा समाचार

वीरगञ्ज महानगरको १३ औं अधिवेशन : शिक्षामा विशेष जोड

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा शिक्षालाई विशेष जोड दिएको छ । त्यसका लागि शिक्षित युवावर्गलाई स्वयंसेवा मार्फत शैक्षिक उन्नयनमा योगदान दिने अवसर प्रदान गर्न विद्यालय शिक्षा स्वयंसेवा कार्यक्रम संचालनको विशेष नीति लिइएको हो ।

महानगरप्रमुख राजेशमान सिंहले बुधबार नगरसभाको तेह्रौँ अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षालाई विशेष जोड दिइएको बताउनु भएको हो । यस्तै आर्थिक गतिविधिलाई गतिशिलता दिन वीरगंजलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा अगाडि बढाउने नीति पनि महानगरले  अघि सारेको छ ।

Advertisement

अबदेखि सेवाग्राहिले जुनसुकै ठाउँबाट भवन निर्माण ईजाजतको लागि आवेदन दिन मिल्ने र आफ्नो काम कुन तहमा पुगेको छ भनी हेर्न मिल्ने गरी Electronic Building Permit System (EBPS) लागु गरी आधुनिकिकरण गरिने नीति लिएको बताउनुभयो । महानगरभित्र पानीको सतह घट्दै गएकोले भवन निर्माण ईजाजत दिँदा अनिवार्य रुपमा तोकिएको  Rain Water Harvesting प्रणाली अवलम्बन गर्नुपर्ने नीति पनि महानलेग अघि सारेको छ ।

Advertisement

महानगर क्षेत्र भित्र व्यवसायीक प्लटिङ गर्नेहरुले अब देखि भने अनिवार्य रुपमा प्लटिङ स्वीकृति लिनुपर्नेछ । व्यवसायकर आ.व.को पौष मसान्त भित्र बुझाएमा १० प्रतिशत छुट दिईने नीति अवलम्बन गरिएको छ । यस्तै राष्ट्रिय समाचार समितिसँगको समन्वयमा भोजपुरी भाषा प्रवद्र्धनका लागि भोजपुरी भाषामा पनि समाचार प्रकासित गराउन महानगरले आवश्यक सहयोग गर्ने, भोजपुरी कला (Arts)  मार्फत शहर सौन्दर्यकरणमा जोड दिने नीति लिएको छ ।

पत्रकारिता तथा आमसंचार विषयमा स्नातकोत्तर अध्ययन गर्न चाहने श्रमजिवी पत्रकारलाई छात्रवृत्ति उपलब्ध गराउने, महानगरले युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन, बिजनेस” भन्ने भावना जागृत तुल्याउँदै स्वरोजगार उन्मुख बन्न प्रेरित गरिने नीति लिइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *