Categories समाचार

वीरगन्ज : शहरमा ‘वाटर एटीएम’, भित्री सडकमा पेभर्स राख्ने घोषणा तथा फोहोर फाल्नेलाई ५ लाख सम्म जरिवाना

Advertisement

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले शुद्ध पिउने पानीका लागि शहरका विभिन्न स्थानमा ‘वाटर एटीएम’ राख्ने घोषणा गरेको छ ।

शुद्ध पिउने पानीमा आम मानिसको सहज पहुँच पुर्‍याउनका लागि महानगरले यस्तो घोषणा गरेको हो ।

Advertisement

बुधबार महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै शहरका विभिन्न स्थानमा वाटर एटीएम राखिने बताएका हुन्  ।

Advertisement

वीरगञ्ज महानगरले भित्री सडकहरुमा ढलान र कालोपत्रे नगरी पेभर्स(सिमेन्टका टायल) लगाउने घोषणा पनि गरेको छ । ढलान र कालोपत्रे भन्दा पेभर्स वातावरण मैत्री मानिने गरेको छ ।

भूमिगत जल पुनर्भरणका लागि प्रविधिहरु अपाउने घोषणा समेत महानगरले गरेको छ । महानगरले बजेट मार्फत् सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई ५ सयदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने घोषणा समेत गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *