Categories समाचार

गहवामाईको भण्डारामा साहिब दरबारद्वारा खिर वितरण

Advertisement

वीरगन्ज । पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वार्षिकोत्सबको अवसरमा आज भण्डाराको आयोजना गरिएको छ ।

वार्षिकोत्सबको अवसरमा वीरगन्जमा पहिलोपटक हिजो निकालिएको रथयात्रामा हजारौं श्रद्धालु भक्तजनको जनसागर देखिएको थियो ।

Advertisement

तय कार्यक्रम अनुसार आज आयोजना गरिएको महाप्रसाद तथा भण्डारा कार्यक्रममा उपस्थित श्रद्धालु भक्तजनमा प्रसाद स्वरुप विभिन्न व्यन्जन वितरण हुदै छ ।

Advertisement

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा साहिब दरबार संस्थाले पनि मन्दिर परिसरमा खिर वितरण गरेको छ ।

करिब १ हजार भक्तजनमा खिर वितरण गरिएको संस्थाका अध्यक्ष उमेश लाल सहनीले जानकारी गराए ।

सो अवसरमा संस्था कि कोषाध्यक्ष प्रेणा श्रेष्ठ, रमिता माया गुप्ता लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *